विमानमा ५ भारतीयसहित अन्य कुन–कुन देशका नागरिक थिए ?

काठमाडौं, १ माघ । पोखरामा भएको विमान दुर्घटनामा पर्ने विदेशीहरूमा ५ जना भारतीय, ४ जना रसियन र दुईजना कोरियन नागरिक पनि थिए ।
अर्जेन्टेनी, अस्ट्रेलियन, आइरिस र फ्रान्सेली एक/एक जना रहेको यती एअरलाइन्सले जनाएको छ ।
यती एअरलाइन्स प्रालिले एक प्रेस विज्ञप्ती जारी गर्दै आइतबार बिहान काठमाडौंबाट पोखराको लागि १०ः३२ बजे उडेको यती एअरलाइन्सको 9N–ANC, ATR–72500 वायुयान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको जानकारी गराउँदै वायुयानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रुहरू सवार रहेको जनाएको छ ।
जसमध्ये ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु रहेका छन् । जसमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका छन् ।
विमान अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग १०ः५० बजे सेती खोंच भन्ने स्थानमा सम्र्पकमा रहेको थियो ।
विमानमा कमल केसी, अन्जु खतिवडा, सृजना होंगचुन र ओसीन आले मगरसहित ४ जना चालक दलका सदस्यहरू थिए ।
आइतबार बिहान काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको जहाज विमानस्थल नजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


