एमाले मधेस प्रदेशको प्रमुख सचेतकमा लखन दास नियुक्त

जनकपुरधाम, ३० पुस । नेकपा एमाले मधेस प्रदेशको संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य लखन दास नियुक्त भएका छन् ।
दासलाई एमाले संसदीय दलका नेता सरोजकुमार यादवले शनिबार प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
दास नेकपा एमालेबाट धनुषा क्षेत्र नम्बर–२ को –क) प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
संसदमा पार्टीको धारणा राख्न, कार्यव्यवस्था परामर्श समितिको बैठकमा भाग लिने लगायत महत्त्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


