काठमाडौं, ३० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच भेटघाट भएको छ ।

शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड र उपप्रधान एवम् गृहमन्त्री लामिछानेबीचको भेटमा मन्त्रिपरिषद् विस्तार, समसामयिक विषयमा छलफल भएको हो ।

यसअघि शनिबार बिहानै प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता भएको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले दिउँसो सम्पादकसँग कुराकानी गरेका थिए ।

सम्पादकसँगको कुराकानीमा उनले मन्त्रिपरिषद् विस्तारमा ओली र आफू सहमति नजिक रहेको बताएका थिए । साथै, उनले माघ ३ गते सर्वदलीय बैठक बोलाउने पनि बताए ।