काठमाडौं, ३० पुस । नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ ।

शनिबार विहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो ।

४ मंसिरको चुनावअघि नेकपा एमाले छाडेका भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।