वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या

काठमाडौं, ३० पुस । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या देखिएको छ ।
रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।
पुनलाई शनिबार दिउँसो ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको छ । उनी केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए ।
शुक्रबार रोल्पाको होलेरीमा न्यानो कपडा वितरण कार्यक्रममा सहभागी भएका पुन शनिबार लुंग्री गाउँपालिकामा आयोजित विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण कार्यक्रममा भने सहभागी हुन सकेनन् ।
जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि उक्त कार्यक्रममा सहभागी नभइ अस्पताल भर्ना भएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


