सानिया मिर्जाले लिइन् टेनिसबाट सन्यास

एजेन्सी, ३० पुस । भारतीय टेनिस खेलाडी सानिया मिर्जाले टेनिसबाट सन्यास लिने घोषणा गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा यस्तो घोषणा गरेकी हुन् । उनले सामाजिक सञ्जालमा अष्ट्रेलियन ओपन खेलेपछि आफूले दुबई ओपन खेल्ने र त्यसपछि टेनिसबाट सन्यास लिने जानकारी दिएकी हुन् ।
उनले यसका लागि ट्विटरमा एउटा लामो पोष्ट राखेकी छन् ।
यसलाई उनले लाइफ अपडेटको संज्ञा दिएकी छन् । उनले यो घोषणा गर्दा आफ्नो आँखामा आँसु आएको मात्र बताएकी छैनन्, अब आफूले छोरालाई समय दिनु पर्ने बढी आवश्यकता रहेको पनि बताएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


