प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं, ३० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ ३ गते सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएका हुन् । उनले आइतबार बैठकको आह्वान गर्ने पनि बताए ।
‘माघ ३ गते मलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाउँछु । सर्वदलीय सहमति बनाउने मेरो कोसिस छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुखबारे लिखित सहमति केही छैन । अब बस्ने सर्वदलीय बैठकले धेरै कुरा निर्धारण गर्छ,’ छलफलमा प्रधानमन्त्री प्रचण्डले भने ।
आगामी माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ । मुलुक गणतान्त्रिक शासन प्रणालीमा गएपछि सभामुखका लागि चौथो सभामुखको चुनाव हुन लागेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


