एजेन्सी, ३० पुस । अमेरिकाको अलाबामा राज्यमा आएको आँधीमा परी ९ जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा उद्धार कार्य जारी रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

उद्धारकर्ताहरूले प्रभावित क्षेत्रमा घर–घरै पुगेर मृतक र घाइतेहरूको खोजी कार्य जारी राखेका छन् । जर्जिया शहरको स्पाल्डिङ काउन्टीमा, मध्य–विद्यालयका प्रिन्सिपलहरूले विद्यार्थीहरूलाई परिवारसँग पुनर्मिलन गर्न मद्दत गर्न पनि सतपकारवाला निकायलाई अनुरोध गरेका छन् ।

नजिकैको बट्स काउन्टीमा एउटा रूख लडेर गाडीमा गाडीलाई ठक्कर दिँदा ५ वर्षीय बालकको मृत्यु भएको र उनका आमाबाबु गम्भीर घाइते भएको बताइएको छ ।

यसैगरी मोन्टगोमेरी नजिकैको अटाउगा काउन्टी आँधीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार शुक्रबारसम्म मारिएका ९ जना मध्ये ७ जना औटागाका बासिन्दा थिए ।

सेल्मा नजिकैको शहरबाट कुनै हताहती नभएको भएपनि घर र व्यापार लगायत शहरका धेरैजसो क्षेत्रमा व्यापक क्षति पुगेको छ । आँधीले यस चीसो मौसममा व्यापक असर गरेको छ । स्थानीय अधिकारीहरूले प्रभावित क्षेत्रभरि स्थानीयहरूलाई थप खतराहरूको चेतावनी दिदैँ सडकबाट टाढा रहन आग्रह गरेका छन् ।

यसैगरी जर्जिया शहरमा पनि आँधीँबाट धनजनको क्षति भएको छ । हजारौं घरमा बिजुली पुर्नस्थापनाका लागि व्यापक अभियान चलिरहेको छ । भग्नावशेषमा मानिसहरु अझै फसेको हुनसक्ने भएकाले खोजी अभियान चलाइएको छ ।

सन् २०२१ डिसेम्बरमा अमेरिकाका छवटा राज्यमा आँधीबेहरीका कारण ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो जसमा केन्टकी जिल्ला न्यायाधीशले पनि आफ्नो ज्यान गुमाएका थिए ।