घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं, २९ पुस । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।नयाँबानेश्वरस्थित एक होटलमा आयोजित कार्यक्रमबीच उनी पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गरेपनि उनलाई कुन जिम्मेवारी दिने भन्ने एकीकृत समाजवादीले खुलाएको छैन । भुसाल ४ मंसिरको निर्वाचनअघि एमाले छाडेका थिए ।
उनले रूपन्देही–१ बाट स्वतन्त्र रूपमा चुनावमा प्रतिस्पर्धा गरेका थिए । तत्कालीन सत्ता गठबन्धनले समर्थन गरे पनि भुसाल एमाले उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


