विराटनगर, २९ पुस । प्रदेश नम्बर–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार प्रदेशसभामा विश्वासको मत पाएका छन् । ९३ सदस्यीय प्रदेशसभामा ५९ प्रदेश सांसदले उनलाई मत दिएका हुन् ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका ३२ प्रदेश सांसदहरूले भने मुख्यमन्त्रीले सदनमा राखेको प्रस्तावको विपक्षमा मत दिएका छन् । कांग्रेसका एक सांसद अनुपस्थित रहेका थिए ।