हेटौंडा, २९ पुस । बागमती प्रदेशसभामा नयाँ सभामुख चयन भएका छन् । प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक निर्वाचित भएका हुन् ।

प्रदेशसभाका सदस्यहरुमध्ये बहुमत सदस्यहरुको समर्थन पाउँदै पाठक सभामुख पदमा निर्वाचित भए । सभामुखका लागि पाठकसँगै नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकीपाकी सृजना सायजुले उम्मेदवारी दिएका थिए ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा कुल सदस्य संख्या ११० मध्ये १०९ जना सांसद उपस्थित थिए । जसअनुसार राप्रपाका पाठकको पक्षमा प्रदेशसभाका ६२ जना सांसदहरुले हस्ताक्षर सहित समर्थन गरेका छन् ।

त्यस्तै ३९ जना सांसदले उनको विपक्षनमा हस्ताक्षर गरेका थिए । ७ जना सांसदहरु भने तथष्ट रहेका थिए । प्रदेशसभाको सभामुख पदमा निर्वाचित हुनका लागि कुल सांसदमध्ये बहुमत सदस्यहरुको समर्थन आवश्यक हुन्छ ।