मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, ई–गर्वनेन्स मास्टर प्लान तयार पार्ने पहिलो निर्णय

जनकपुरधाम, २९ पुस । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छ्न ।
शुक्रबार दिउँसो मधेस भवनमा प्रदेश प्रमुख हरिशंकर मिश्रसँग पद तथा गोपनियताको शपथ लिएसँगै शहिदद्वार पुगेर शहिदहरूको शालिकमा माल्यार्पण गरेका मुख्यमन्त्री यादवले आजै पदभारसमेत ग्रहण गरेका हुन् ।
जनकपुरधामस्थित शहिदद्वारमा शहिदहरूको तस्विरमा माल्यार्पणपछि मुख्यमन्त्री कार्यालय पुगेका मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका छन् । उनलाई मुख्यमन्त्री कार्यालयका सचिव कृष्णबहादुर राउतले पदभार ग्रहण गराए ।
पदभार ग्रहण गरेलगत्तै मुख्यमन्त्री यादवले प्रदेशको ई–गर्वनेन्स मास्टर प्लान तयार पार्ने पहिलो निर्णय गरेका छन् । प्रदेशमा सेवालाई प्रभावकारी बनाउन विद्युतिय संजालसँग जोड्ने गरि ई–गर्वनेन्स मास्टर प्लान तयार पार्ने निर्णय गरिएको उनले बताए ।
मुख्यमन्त्री यादवले प्रदेशका हरेक सरकारी कार्यालयमा गुनासो पेटिका राख्नसमेत निर्देशन दिएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


