जनकपुरधाम, २९ पुस । नेकपा माओवादी केन्द्र मधेस प्रदेशको संसदीय दलको नेतामा भरत प्रसाद साह चयन भएका छन् ।

दलका नेताको लागि आज चुनाव भएको थियो । भरतले ६ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन् । अर्का प्रत्यासी युवराज प्रसाद भट्टराईले ३ मत पाएका हुन् ।

मधेस प्रदेश सभामा नेकपा माओवादी केन्द्रका ९ जना सांसद छन् ।

भरत साह यसअघि पनि संसदीय दलको नेता थिए ।