सभामुख निर्वाचनको तयारीबारे समन्वय गर्ने जिम्मा देउवालाई

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । बैठकले माघ ५ गते हुने सभामुख निर्वाचनको तयारीबारे अन्य दलसँग समन्वय गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।
देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले प्रदेश सभामुख र उपसभामुख निर्वाचनबारे निर्णयको अधिकार प्रदेश कार्यसमितिलाई दिने निर्णय गरेको छ ।
बैठकमा पार्टी केन्द्रीय समिति बैठकअघि नै भ्रातृ संगठनलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ । कांग्रेसको महिला संघ, तरुण दल, नेविसंघलगायतमा अध्यक्षबाहेकका पदाधिकारी नियुक्त गर्न बाँकी छ ।
कांग्रेसले आउँदो माघ १५ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


