घनश्याम भुसाल शुक्रबार एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं, २८ पुस । नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् ।
शुक्रबार बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
गत मंसिर ४ मा सम्पन्न चुनावमा एमालेले टिकट नदिएपछि भुसालले एमाले छाडेर तत्कालीन सत्तागठबन्धनको समर्थनमा रुपन्देहीबाट उम्मेदवारी दिएका थिए । सो चुनावमा उनी एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।
एकीकृत समाजवादीले भुसाललाई भोलि नै सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । भुसालले एकीकृत समाजवादीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने दाबी गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


