राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै

काठमाडौं, २८ पुस । राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ । शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले एकबुँदे सार्वजनिक सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् ।
उनका अनुसार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक माननीय खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


