प्रदेश १ का नवनिर्वाचित सभामुख गौतमले लिए शपथ

विराटनगर, २८ पुस । प्रदेश १ का नवनिर्वाचित सभामुख बाबुराम गौतमले शपथ ग्रहण गरेका छन् । उनी सत्तापक्ष र प्रतिपक्षी दलको समर्थनमा सभामुख बनेका हुन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


