बुटवल, २८ पुस । लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री लीला गिरीले बिहीबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

त्यस्तै दुई जना बिना विभागीय मन्त्रीहरूले पनि शपथ लिएका छन् । नेकपा माओवादीकी कृष्णा केसी र एमालेका चेतनारायण आचार्यले पनि पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मन्त्री छनौटका विषयमा नेकपा माओवादीभित्रको आन्तरिक सहमति हुन नसक्दा कृष्णालाई बिना विभागीय मन्त्रीको रूपमा शपथ खुवाइएको हो । आचार्यलाई पनि बिना विभागीय मन्त्रीका रूपमा शपथ दिइएको छ ।