मन्त्रीहरूको व्यस्तताका कारण मन्त्रिपरिषद बैठक स्थगित

काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिन बिहीबारका लागि बोलाएको मन्त्रिपरिषद बैठक बस्दै नबसी स्थगित भएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चितवन पुगेको र अन्य मन्त्रीहरू पनि कार्यतालिका व्यस्त भएका कारण बिहान ११ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको बालुवाटार स्रोतको दाबी छ ।
प्रधानमन्त्री प्रचण्डले तत्काल सानो आकारको मन्त्रिमण्डल गठन गरेपनि यसले पूर्णता भने पाएको छैन ।
उनले पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भइ ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


