१७ जना प्रहरी नायव महानिरीक्षकको सरुवा, मधेसमा बसन्तबहादुर कुँवर

काठमाडौं, २८ पुस । गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ ।
बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालले १७ जना डीआईजीको काज सरूवा गरेको हो ।
डीआईजीहरु मोहन कुमार आचार्य, मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, सुदीप गिरी, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य र सन्दीप भण्डारीको सरुवा भएको छ ।
त्यस्तै रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र भीम प्रसाद ढकाल पनि काज सरुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् ।
मधेसमा रहेका डीआईजी मसाउद आलम खाँको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा भएको हो ।
यस्तै, कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पठाइएका छन् ।
प्रहरी प्रधान कार्यालयमा रहेका डीआईजी दीपक थापा बागमती प्रदेशको प्रमुखको जिम्मेवारी पाएका हुन् ।
यस्तै, अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् ।
प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश, बुद्धिराज गुरुङ गण्डकी प्रदेशको जिम्मेवारी पाएका हुन् ।
यस्तै, प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवाली आएका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए । अब विमानस्थलमा किरण राणालाई खटाइएको छ ।
यस्तै, विशेष ब्यूरोमा सुदीप गिरी पुगेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


