सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, २७ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।
बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित राप्रपाको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सो जानकारी दिएका हुन् ।
सांसद महतो मधेस आन्दोलनका क्रममा सशस्त्रका असई थमन विकको हत्या अभियोगमा फरार सूचीमा छन् ।
गृहमन्त्री रवि लामिछानेले आइजिपीलाई फोन गरेर महतोलाई पक्राउ गर्न निर्देशन दिएको बताए ।
महतोले मंगलबार संसदमै उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए । फरार व्यक्तिले संसदमै देखिएको भन्दै गृहमन्त्रीको चौतर्फी आलोचना भएको थियो ।
गृहमन्त्री लामिछानेले फरार महतोलाई आफूले संसदमा नदेखेको र पछि सञ्चारमाध्यमबाट थाहा पाएपछि पक्राउ गर्न निर्देशन दिएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


