सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त

कैलाली, २७ पुस । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र सिंह रावल नियुक्त भएका छन् ।
२९ सांसदको समर्थनसहित दाबी पेशगरेसँगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
रावलले एमालेसँगै माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपा गरी २९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । जसमा मुख्यमन्त्री रावलले एमालेका १०, माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ तथा राप्रपा १ सांसद गरी २९ जनाको सहमति पाएका हुन् ।
२९ सांसदसहित रावलले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेलगत्तै प्रदेश प्रमुख जोशीले रावललाई मुख्यमन्त्रीको प्रमाण पत्र प्रदान गरेका छन् ।
मुख्यमन्त्री रावलको भोलि मात्र सपथ लिने कार्यक्रम रहेको छ । केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालो पालो गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार एमालेले मुख्यमन्त्री दाबी गर्दा सभामुख माओवादीको भाग परेको छ ।
माओवादीको भागमा परेको सभामुखमा भिम बहादुर भण्डारीले उम्मेदवारी दर्ता गरी सकेका छन । नेपाली कांग्रेसबाट पनि सभामुखमा मान बहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


