बुटवल, २७ पुस । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता लिला गिरी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार बनाउन कम्तीमा ४४ सांसद आवश्यक थियो । उनलाई एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बहुमत सांसदको समर्थन प्राप्त भएको छ ।

एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४ तथा जसपा र जनमतका ३/३ सांसदले समर्थन गरेका थिए ।

यस्तै, कांग्रेसका २७, लोसपाका ३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ तथा २ स्वतन्त्र सांसद छन् ।