लोसपा नेपाल मधेस प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत

जनकपुरधाम, २७ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेस प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चुनिएका छन् ।
पार्टी अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा बुधबार काठमाडौंमा भएको छलफलले दलको नेता टुंगो लगाएको हो ।
संसदीय दलको नेतामा शर्मासँगै जितेन्द्र सोनलको दाबी थियो । तर शर्माको नाममा सहमति जुटेको प्रदेशसभा सदस्य उपेन्द्र महतोले जानकारी दिएका छन् ।
शर्मालाई मंगलबार दलको नेता चयन गर्न प्रस्ताव गरिएको थियो ।
पार्टी अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोसमक्ष लोसपाका ५ जना प्रदेशसभा सदस्यहरुले शर्मालाई दलको नेता बनाउन प्रस्ताव गरेका थिए ।
शर्मालाई संसदीय दलको नेता बनाउन शर्मासहित प्रदेशसभा सदस्यहरु रानी शर्मा तिवारी, रमेश प्रसाद कुर्मी, रूपा यादव र उपेन्द्र महतोले सांयुक्त प्रस्ताव गरेका थिए ।
मधेस प्रदेशसभामा लोसपाका ९ जना प्रदेशसभा सदस्य छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


