बागमतीका मुख्यमन्त्री जम्कट्टेलले माघ ३ गते विश्वासको मत लिने

हेटौंडा, २७ पुस । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी माघ ३ गते संसदबाट विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिनेबारे प्रदेशसभामा मुख्यमन्त्री कार्यालयबाट जानकारी आएको र त्यही अनुसारको तयारी गरिएको बताइएको छ ।
माओवादी केन्द्रका जम्मकट्टेल मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल पुस २५ गते बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
जम्मकट्टेललाई माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७, हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ रहेको छ ।
बागमतीमा ११० प्रदेशसभा सदस्य रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


