लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं, २६ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
लोसपाका सांसद शरदसिंह भण्डारीले पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिएका हुन् ।
यसअघि लोसपा संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार दिएको थियो ।
लोसपाको प्रतिनिधिसभामा चार सांसद छन् ।
प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिंदैछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


