जनकपुरधाम, २६ पुस । मधेस प्रदेशसभा सदस्य अभिराम शर्मालाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरिएको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरसमक्ष लोसपाका ५ जना प्रदेशसभा सदस्यहरुले शर्मालाई दलको नेता बनाउन प्रस्ताव गरेका हुन् ।

शर्मालाई संसदीय दलको नेता बनाउन शर्मासहित प्रदेशसभा सदस्यहरु रानी शर्मा तिवारी, रमेश प्रसाद कुर्मी, रूपा यादव र उपेन्द्र महतोले सांयुक्त प्रस्ताव गरेका छन् ।

मधेस प्रदेशसभामा लोसपाका ९ जना प्रदेशसभा सदस्य छन् ।