काठमाडौं, २६ पुस । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेपनि महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले लिखित असहमति जनाएका हुन् ।

मंगलबार मध्यान्ह संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको पदाधिकारी बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको नेता कृष्णप्रसाद सिटौलाले बताए ।

यता, सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गरेपछि यी चारजना नेताहरुले असहमति जनाउँदै कार्य सम्पादन समिति बैठक बोलाउन माग गरेका छन् ।

अर्जुननरसिंह केसी र गगन थापा ससुरा ज्वाइँ हुन् ।