काठमाडौं, २५ पुस । जनता समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

सोमबार सिंहदरवारमा आयोजित सरकारको नीतिगत कार्यक्रम र प्राथमिकता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जसपाको बैठकले विश्वासको मत दिने निर्णय गरेको समाचार आफूले पाएको बताएका हुन् ।

उनले जसपासहित अन्य दलले समेत विश्वासको मत दिनेमा आफू विस्वस्त रहेको बताए ।

प्रचण्डले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।