काठमाडौं, २५ पुस । निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभामा रिक्त एक सदस्य पदका लागि उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

सोमबार बसेको आयोगको बैठकले उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।

स्वीकृत कार्यक्रम अनुसार माघ ८ गते मतदाता नामावली प्रकाशन गर्ने, दावी विरोध लगायतका प्रक्रिया पूरा गरी १० गते अन्तिम नामावली प्रकाशन गर्ने तय भएको छ ।

यस्तै ११ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गरी दावी विरोध, छानविन, उम्मेदवारले नाम फिर्ता लिने र १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

१६ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम तय भएको बताउँदै आयोगले माघ २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने जनाएको छ ।