प्रदेश १ मा मुख्यमन्त्री कार्कीसँगै तिन मन्त्रीले लिए शपथ

विराटनगर, २५ पुस । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङसँग मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मुख्यमन्त्री कार्कीले ३ जनालाई मन्त्री पनि नियुक्त गरेका छन् ।
एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन् । विना विभागीय मन्त्री बनेका उनीहरुले पनि मुख्यमन्त्री कार्कीसँगै शपथ लिएका छन् ।
प्रदेश १ सरकारमा नेकपा माओवादी केन्द्र भने सहभागी भएको छैन । उसले प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति नभएसम्म आफूहरु सरकारमा नजाने बताएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


