सप्तरीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

सप्तरी, २४ पुस । सप्तरीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
जिल्लाको खडक नगरपालिका–११ मा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको बा८९प ३२१५ र प्रदेश–१–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल बिग्रिएर रोकिराखेको स १ ख ९२८ नम्बरको टिपरमा ठोक्किएको थियो ।
मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
घाइते भएका अन्दाजी २४ वर्षीय पुरुषलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ ।
मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


