काठमाडौं, २३ पुस । नेपालमा कोरोना संक्रमणबाट शनिबार एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट लामो समयपछि एकजनाको मृत्यु भएको हो ।

३ महिनाअघि कार्तिक ७ गते कोरोनाबाट एकजनाको मृत्यु भएको थियो ।

नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । मन्त्रालयका अनुसार ५५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुईजना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय संक्रमित रहेका छन् ।

छिमेकी मुलुकमा संक्रामक मानिएको ओमिक्रोनको सब भेरिएन्ट ’बिएफ.७’ फैलिँदा संक्रमण बढिरहेको छ । मन्त्रालयले भने नेपालमा हालसम्म यो भेरिएन्ट पुष्टि नभएको बताएको छ ।