तिनै तहका सरकारबीच आत्मीय समन्वय हुनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले प्रतिस्पर्धी शिक्षा र पहुँचयुक्त स्वास्थ्य क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच आत्मीय समन्वय हुनुपर्ने बताएका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर–१० ले शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले चुनावी दौरानमा राजनीतिक प्रतिस्पर्धा भए पनि शिक्षा र स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रको विकासका लागि तीन तहकै सरकार एक भएर अघि बढ्नुपर्ने बताएका हुन् ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सांसद सिंहले स्थानीय सरकारमार्पmत जनताका गुनासा सुनुवाइ गर्ने प्रणालीलाई संस्थागत गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रदेश सरकारका पर्यटन तथा सम्पदामन्त्री दीपेन्द्र श्रेष्ठले विकास निर्माणमा राज्यको खर्च भइरहने तथा नतिजा नदेखिने प्रणालीमा सुधारको खाँचो रहेकामा जोड दिए ।
बिजुलीका नांगो तारलाई छोप्नुपर्ने, सडक, ढल र खानेपानी वितरण प्रणालीको नियमित मर्मतसम्भार गर्नुपर्ने, रोजगार प्रवद्र्धन र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम जोड दिनुपर्नेजस्ता सुझाब दिइएको थियो ।
त्यसैगरी, फोहरमैला व्यवस्थापनका लागि क्षेत्र नं १ मा ट्रान्सफर स्टेसन बनाउनुपर्ने, मगर गाउँमा सडक र पानी पुर्याउनुपर्ने र पूजा प्रतिष्ठानमा रहेको ढुंगेधाराको पानी पिउनयोग्य बनाउनुपर्ने माग छ ।
महिला उद्यमशीलता प्रवर्द्धन र उत्पादित वस्तुको बजारीकरणमा नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा रत्नराज्य विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुन नसकेकाले यसलाई सुरुआत गर्नुपर्ने सहभागी वक्ताहरूले धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


