जसपाले विधान अधिवेशनको तयारी थाल्यो

काठमाडौं, २३ पुस । जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशनको तयारी थालेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको विधान मस्यौदा समितिले पार्टीको विगतको आफ्नो सांगठनिक अनुभव, प्रमुख राजनीतिक दलका सांगठनिक पद्धति र संरचनाबारे अध्ययन थालेको हो ।
संघीय र समाजवादी मुलुकका तत् सम्बन्धी दस्ताबेजहरू पनि उपयोगी हुन सक्ने समितिले ठहर गरेको छ ।
जसपाको राजनीतिक समितिले संगठनहरू गठन, पुनर्गठन गर्ने निर्णय गरेसँगै केन्द्रीय संगठन विभागले मातहतका पार्टी संगठन, समितिहरू र भ्रातृ संगठनहरुसँंग अभिलेख माग गर्ने भएको छ ।
आगामी चैत्र सम्ममा विधान अधिवेशन गर्ने र जेठमा पार्टीको महाधिवेशन गर्ने पार्टीको तयारी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


