कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने थापाको भनाइ

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताएका छन् ।
शनिवार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसद्का दोस्रो, तेस्रो लगायत अन्य दलहरूले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन् ।
उनले आफ्नो व्यक्तिगत धारणा भए पनि पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले नै तय गर्ने बताए ।
महामन्त्री थापाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुस २८ गतेबाट बस्ने र बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमको बारेमा विस्तृत छलफल गर्ने बताए ।
थापाले नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर कांग्रेसको प्रतिष्ठामाथि आँच पुर्याउन खोजेको बताए । उनले जनता समाजवादी पार्टी, नेपाल, नेकपा एकीकृत समाजवादीका अध्यक्षसँग पार्टी सभापति शेरबहादुर देउवासँगको भेट शीर्ष नेताहरुबीचको सामान्य भेटघाट रहेको स्पष्ट पारे ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भन्ने कुरा निराधार रहेको पनि बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


