गृहमन्त्री लामिछानेले आफ्ना लागि राखिएको छुट्टै सोफा हटाउन लगाए

काठमाडौं, २३ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा आफ्ना लागि राखिएको छुट्टै सोफा हटाउन लगाएका छन् ।
शनिबार दिउँसो हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमणमा पुगेका बेला आयोजित औपचारिक कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेकालागि छुट्टै सोफा राखिएको थियो ।
तर उनले उक्त सोफा हटाएर अरु अफिसरसरहको सोफा राख्न निर्देशन दिएका उनका सचिवालय संयोजक दीपक बोहराले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


