देशको राजनीतिक, आर्थिक र सार्वभौम जटिल अवस्थामा छ : पूर्वराजदूत उपाध्याय

काठमाडौं, २३ पुस । भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले एमालेले राष्ट्रपति र सभामुख पद प्राप्त गरेपछि सरकार छाड्ने संकेत देखिएको दाबी गरेका छन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुस २६ गते विश्वासको मत दिने, तर त्यसपछि साथ छोड्ने संकेत देखिएको नेपाली कांग्रेसका नेतासमेत रहेका उपाध्यायको भनाइ छ ।
शनिबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वराजदुत उपाध्यायले देशको राजनीतिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुग्न थालेको बताए ।
पछिल्लो राजनीतिक घटनाक्रमले दलका नेताहरूले विचारको राजनीति भन्दा सत्ता स्वार्थमा निहित भएर राजनीति गर्दै आएको प्रष्ट देखिएको उनले जिकिर गरे । पछिल्लो गठबन्धन लोकतन्त्रको मूल्यमान्यताभन्दा विपरीत भएको उनले उल्लेख गरे ।
राजनीतिक दलहरूका कारण गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताजस्ता एजेन्डा विदेशी शक्तिहरूले घुसाएपछि मुलुक थप दयनीय स्थितिमा फस्दै गएको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


