विद्युत सवस्टेशनको पर्खाल खस्दा एकजनाको मृत्यु

बारा, २३ पुस । बारामा विद्युत सवस्टेशनको पर्खाल खस्दा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा रहेको विद्युत प्राधिकरणको सवस्टेशनको पर्खाल खस्दा काभ्रेको पनौती नगरपालिका–९ का ३० वर्षीय सुनिल राईको मृत्यु भएको हो ।
ठेक्कामा काम गर्ने राईले कन्ट्रोल रुमको पर्खालको इँटा फुटाउने क्रममा पर्खाल खस्दा उनी घाइते भएका थिए ।
उपचारका लागि उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


