काठमाडौं, २२ पुस । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ ।

शुक्रबार बसेको सर्बदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन् ।

प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ ।