नयाँ नबन्दासम्म पुरानै नियमावली अनुसार बैठक बस्ने

काठमाडौं, २२ पुस । प्रतिनिधिसभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावली अनुसार बैठक बस्ने भएको छ ।
संसदको पहिलो बैठकका एजेण्डा तय गर्न शुक्रबार बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरूले बोल्ने कार्य तालिका तय गरेको छ ।
यस्तै बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तय गरेको छ ।
सभामुख चयनका बारेमा भने अर्को सर्वदलीय बैठकले निर्णय गर्ने सहमति भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


