महोत्तरी, २२ पुस । कर्मचारीको मृत्युु भएको शोकमा महोत्तरीको गौशाला नगरपालिकाले शुक्रबार नगरमा सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाकामा कार्यरत्त सि.अहेव(अधिकृत छैठौँ) चन्द्रकला साहको बिहीबार मृत्यु भएपछि त्यसको शोकमा शुक्रबार सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्रजङ्ग थापाले जानकारी दिए ।

नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, आकस्मिक सेवा र बर्थिङ्ग सेवाहरु बाहेक अन्य स्वास्थ्य संस्थाहरुमा शोक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत थापाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यसअघि सोमबार वडा नं. ५ को वडा कार्यालयमा कार्यरत्त कार्यालय सहयोगी लिल बहादुर बलम्पाकीको मृत्यु भएपछि मंगलबारसमेत नगरमा सार्वजनिक बिदा दिइएको थियो ।