एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाडौं, २२ पुस । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले आगामी मंगलबार संसदमा विश्वासको मत लिँदै छन् ।
प्रचण्डलाई नेकपा एमालेको साथ रहेकोले एकीकृत समाजवादीले विश्वासको मत दिन नसक्ने उक्त पार्टीका एक वरिष्ठ नेताले बताए ।
१० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीको समर्थन छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


