जसपा मधेस प्रदेश संसदीय दलको विधान पारित, शुक्रबार दलको नेता चयन गरिने

जनकपुरधाम, २१ पुस । जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशसभाको संसदीय दलको नेता शुक्रबार चयन गरिने भएको छ ।
जसपाका नेता लालकिशोर साहको नेतृत्वमा गठन गरिएको निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि तयारी गरेको हो ।
जनकपुरधाममा बिहीबार संसदीय दलको नेता चयनका लागि सांसदहरूको बैठक बसेको निर्वाचन समितिका संयोजक लालकिशोर साहले बताए । उनले बिहीबारको बैठकमा संसदीय दलको विधान पारित गरिएको जानकारी दिए । अब शुक्रबार दलको नेता चयन गरिने साहले बताए ।
उनले भने, ‘जसपाको संसदीय दलको विधानमा निर्वाचन प्रक्रियाबाटै संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम मधेस प्रदेशमा निर्वाचन समितिले प्रक्रिया अगाडि बढाएको छ ।’
मधेस प्रदेशमा जसपाका प्रत्यक्षतर्फका ९ र समानुपातिक ७ गरी १६ सांसद छन् ।
मधेस प्रदेशमा नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एमालेले संसदीय दलको नेता चयन गरिसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


