मन्त्रिपरिषद बैठकले सातजना सचिवहरुको सरुवा गरियो

काठमाडौं, २१ पुस । बिहीबारको मन्त्रिपरिषद बैठकले सातजना सचिवहरुको सरुवा गरेको छ ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवको सरुवा गरेको हो ।
अर्थसचिव कृष्णहरि पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् भने राजस्व सचिव रामेश्वर दंगाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका कानुन सचिव धनराज ज्ञवालीलाई कानुन मन्त्रालयमा सरुवा गरिएको छ । कानुन सचिव उदयराज सापकोटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् ।
वाणिज्य मन्त्रालयका सचिव तोयम रायलाई अर्थ मन्त्रालयमा सरुवा भएका छन् । हाल अख्तियारमा रहेका सचिव डा. रामप्रसाद घिमिरे राजस्व सचिव बनाइएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासिनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


