मन्त्रिपरिषद् बैठकले दुई सचिव हेरफेर

काठमाडौं, २१ पुस । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सचिव हेरफेर गरेको छ ।
बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका तोयम रायालाई अर्थ मन्त्रालयको सचिवमा ल्याइएको छ ।
त्यस्तै राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे आएका छन् । घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।
अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा अर्थ सचिवको जिम्मेवारी राया र राजस्व सचिवको जिम्मेवारी घिमिरेले पाएका छन् ।
चालु आर्थिक वर्ष २०७९/८० मा वर्ष राजस्वको असुली गत वर्षभन्दा पनि कम भएपछि चालु खर्च धान्न पनि सरकारलाई ऋण लिनुपर्नेसम्मको अवस्था सिर्जना भएको छ ।
यही चुनौतीपूर्ण अवस्थामा रहेको सरकारी वित्त र बिथोलिएको अर्थ प्रशासनलाई सम्हाल्नु पर्ने ठहर गर्दै सरकारले बिहीबार प्रशासनिक नेतृत्व फेरबदल गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


