काठमाडौं, २१ पुस । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने दिन असोज २३ पहिले राष्ट्रिय सभाका सदस्य भट्टराईले राजीनामा दिएका थिए ।