एमाले प्रदेश १ को प्रमुख सचेतकमा भण्डारी चयन

काठमाडौं, २१ पुस । नेकपा एमाले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारीलाई चयन गरेको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा सर्वसम्मत चयन गरेको हो ।
भण्डारी सुनसरी २(क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । प्रदेश १ को प्रदेश सभामा एमालेका ४० सांसद छन् ।
एमालेले यसअघि हिक्मतकुमार कार्कीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरिसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


