पठाओ मोटरसाइकल दुर्घटनामा परी कलाकार सन्ध्या खड्का घाइते

काठमाडौं, २१ पुस । कलाकार सन्ध्या खड्का पठाओ मोटरसाइकल दुर्घटनामा परेकी छन् ।
टेलिसियल ‘नारी’ अभिनय गरेर फर्किँदै गर्दा उनी सवार मोटरसाइकल बबरमहलस्थित मुख्य सडकमा कारसँग ठोक्किँदा दुर्घटनामा परेको हो ।
दुघर्टनाबाट उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । कलाकार उत्तम केसीका अनुसार खड्काको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
‘खड्का अहिले खतरामुक्त रहेकी छन् । टाउकोमा २५ वटा टाँका लगाइएको छ । शरीरका अन्य विभिन्न भागमा चोट छन्,’ केसीले भने ।
‘सोच’, ‘रुमालै छ चिनो’ लगायत चलचित्रका साथै सन्ध्याले ‘जात’, ‘उल्टो सुल्टो’, ‘नारी’, ‘सन्ध्या’, ‘ठिकै छ,’ लगायत दजैनौँ टेलिसिरियलमा अभिनय गरेकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


