पथलैया–निजगढ सडकखण्डमा भएको दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

बारा, २१ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ सडकखण्डमा बिहीबार बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
निजगढबाट पथलैयातर्फ आउँदै गरेको ग २ च ४४१३ नम्बरको स्कारपियोले सोही दिशाबाट गुडिरहेको मोटरसाइकल र साइकललाई पछाडिबाट ठक्कर दिँदा जीतपुरसिमरा–१६ टांगियाबस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन र रूपा आलेमगर घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ । माझी सवार मोटरसाइकललाई ठक्कर दिएपछि स्कारपियोले महिला चढेको साइकललाई पनि ठक्कर दिएको थियो ।
उनीहरू टांगियाबस्तीबाट तरकारी बेच्नका लागि पिलुवातर्फ आउँदै थिए । मोटरसाइकल र साइकलमा तरकारी राखेर निस्किएका उनीहरूलाई तीव्र गतिमा रहेको स्कारपियोले ठक्कर दिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


